धरान /  श्रमदान अभियानमा काध जोडेर हिडेका उपमेयर आइन्द्र बिक्रम बेघाको कटाक्षमा अहिले मेयर हर्क साम्पाङ उत्रिएका छन् ।

उपमेयर बेघाले मंगलबार प्रेस बिज्ञपति जारी गर्दै धरानको वर्तमान समस्या समाधान गर्न मेयरको भुमिका हुनेपर्ने बताए पछि मेयरले कटाक्ष गर्न थालेका हुन् । ३० जना कार्यपालिका बोर्ड सदस्य मध्ये उपमेयर मात्रै मेयरको समर्थनमा थिए । २८ जना सदस्यहरु मेयरले विधि र प्रकृया बिपरित गएको भन्दै गत चैत १ गते देखि आन्दोलनमा छन् ।

पछिल्लो समय उपमेयरले पनि साथ छाडे पछि मेयर एक्लियका छन् । मेयर साम्पाङ्ले सामाजिक संजाल मार्फत उपमेयर प्रती आक्रोश पोखिरहेका छन् । उपमेयर बेघाले बिज्ञपति जारी गरे लगत्तै मेयर साम्पाङले आखिर उपमेयरज्युले पनि आफ्नो रङ देखाइहाल्नु भो, धन्यबादझ भन्दै सामाजिक संजालमा पोस्टाउदै पहिलो कटाक्ष गरे ।

त्यसपछी राजनितीलाई नै गाली गर्दै लेखे, तिमिहरुको राजनिती त मेरो खुट्टाको धुलो, थु......... । केही समय नबित्दै फेरि  मान्छे मारेर आउने मुलेहरुले मलाई बिधि र प्रकृया सिकाउने  ? इन्द्रको अगाडि स्वर्गको वखान ! भन्दै माओबादीलाई गाली गरे । उपमेयरको बिज्ञापति पश्चात् २ घण्टामा करिब ५० वटा गाली र कटाक्ष गरिएको स्टाटस सामाजिक संजालमा पोष्ट गरेका छन् । उनी एक्लियको ठान्दै अत्तालिएका छन् । 

मेयर साम्पाङका समर्थकहरुले अराजकता मच्चाउन थालेको भन्दै दलका समर्थकहरुले चौतर्फी बिरोध जनाउन थाले पछि उपमेयरको बिज्ञपति आएको हो । मेयर बिरुद्ध २० वटै वडाका वडाध्यक्ष सहित ८ जना कार्यपालिका सदस्यहरुले ५ बुदे माग राख्दै आन्दोलनमा रहेका छन् । उनिहरुको माग सम्बोधन नभए सम्म कार्यपालिका बैठक नबस्ने अडानमा कार्यपालिका बोर्ड सदस्यहरु रहेका छन् ।