झापा /  सोमबार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका पहिचानवादी पक्षधरहरुले आन्दोलनको पहिलो दिन झापाको दमकमा मगलबार मसाल जुलुस प्रदेशन गरेका छन् ।

 प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको उपचार लाइफ लाइन अस्पतालमा भइरहेकोे पहिचान पक्षधरका नेता केदार धिमालले जानकारी दिए ।

कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

फागुन १७ गते प्रदेश १ को कोशी नामाकरण भएसँगै पहिचानवादीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

घोषित आन्दोलनका कार्यक्रम अुसार पहिलो दन वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरेका हुन् ।

यसैगरी वैशाख २८ गतेदेखि प्रदेशसभाका ८२ जना सांसद र उनीहरुका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोध कार्यक्रम गरिने, नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गर्ने, वैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, संघर्ष समिति बिस्तार गर्ने, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए ।

आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता संघर्षा समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेशसभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।