सुनसरी /  २०६२ र ६३ को जनआन्दोलनका जिउदो सहिद मुकेश कायस्थको निधन भएको छ । जन आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर घाइते भएका काभ्रेपलान्चोकका मुकेश कायस्थको निधन भएको हो।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का कायस्थको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते भएको कायस्थ १७ वर्ष सम्म अचेत अवस्थामा थिए । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो।

त्यही अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए। जनआन्दोलन २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए। कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो ।

परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए। उनी २०७५ असारदेखि थप बिरामी परेका हुन्।