बिराटनगर / मोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । बुधबार मोरङको ग्रामथान गाँउपालिका(६ बिराटचोक सडक खण्डमा प्रदेश १-०५-००१ प ३८६० नम्बरको स्कुटरलाई बा- प्र-०३-००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका ७ का ४२ बर्षीय जिबन दाहालको घटना स्थलमा नै मृत्यु भएको हो ।

यसै गरी रंगेली नगरपालिका(५ स्थितमा प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार रतुवामाई नगरपालिका ५ की ५० बर्षीया मानकी देवी साह घाईते भई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न टिफर चालक २८ बर्षीय सुरज कुमार माझी र मोटरसाईकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।