धरान /  पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सामाजिक संजाल मार्फत दिएको आफ्नै अभिब्यक्तिका कारण बिबादमा तानिदै गएका छन् । 

उनको अभिब्यक्ती सामाजिक सद्भाव बिथोल्ने किसिमको भएको भन्दै उनको आलोचना बढ्दै गएको छ । केही दिन अघि धरान र इटहरीका युवाहरुलाइ द्वन्दमा ल्याउने गरिको सामाजिक संजालको अभिब्यक्ती सच्चाउन माग गर्दै विभिन्न दल निकट युवाहरुले ज्ञापन पत्र समेत बुझएका थिए । आज फेरि नेकपा माओबादी निकट वाइसिएलले प्रेस बिज्ञपति जारी गर्दै मेयर हर्कराज राइको ध्यानाकर्षण गराएका छन् । 

उनले गत वैशाख २६ गते राती १० बजेर ६ मिनेटमा सामाजिक सञ्जाल फेसबुकHarka Sampang A Revalualution  “मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने  इन्द्रको अगाडि स्वार्गको वखान भन्ने अभिब्यक्ती दिएका थिए । उनको भनाईले महान सहिदहरु प्रति चोटिलो प्रहार, अपमान एवं संघिय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको भन्दै वाइसिएलले गम्भिर ध्यनाकर्षण भएको जनाएको छ ।

वाइसिएलका धरान उपमहानगर संयोजक दिपक तामाङ्द्वारा हस्ताक्षरित बिज्ञप्तिमा लेखिएको छ, १० वर्षे जनयुद्धको जगमा स्थापित संविधानको आधारमा बनेको स्थानिय सरकारको नेतृत्वले जनयुद्धप्रति विषवमन गर्नु दुःखत विषय हो ।

आफ्नो जग र धरातल विर्सिएर नगरप्रमुखको हैसियत भुल्दै जथाभावि सामाजिक सञ्जालमा नलेख्न, जथाभावि नवोल्न र धरानको अभिभावक भएको नाताले आफ्नो बोलि व्यवहारले समग्र धरान लज्जित हुनु पर्ने अवस्था सृजना नगर्न, अराजकतापूर्ण व्यवहार, अशिष्ट बोलीवचन सच्याउन र धरानको विकासमा केन्द्रित हुन हार्दिक अपिल गर्दछौं ।

अपिल गरिएका बुँदाहरु अभिलम्ब पालना एवं कार्यन्यवन गर्न माग गरेका छन् । पालना नभएको अवस्थामा कडा भन्दा कडा आन्दोलनमा उत्रने जानकारी गराउदै उक्त परिस्थितिबाट उत्पन्न हुने सबै समस्याको जिम्मेवारी नगरप्रमुले नै लिनु पर्ने चेतावनी दिएका छन् ।