धरान /  किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिमा  पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् ।

343681895_889535285480553_5136287114774351289_n

यो दिन उनीहरुले होमेबाजे [पुजारी बाजे] बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजेबाट पुजा गर्ने गरिन्छ ।

344134600_622315359473639_7181992253777890297_n

काेशी प्रदेश  का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।

344015218_178740498087825_6125630240322907449_n

कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो ।

343011703_545798131047712_6304441483236006239_n

परिवारमा सुख शान्ति मिलोस्, पितृबाट सधै आर्शीवाद मिलोस् भन्दै होमेबाजे [पूजारी बाजे] बाट आर्शिवाद लिने प्रचलन छ । यस्तै पूजाआजाकै क्रममा भाले बलि दिने प्रचलन रहेको सुच्चा राई कल्याण समाजका उपाध्यक्ष विनोश राईले बताए । 

343720058_144303501863477_7837699988452978651_n

पूजा समोहरमा ३ सय ८० भन्दा बढी सुच्चा राईहरुको सहभागिता रहेको उनले जानकारी दिए । धरान १०, सायाबुङ मार्गको ढुंगा र रुखको थानमा पूजा आयोजना भएको थियो । त्यही स्थानमा सुच्चा राई कल्याण समाजले २ करोड ५० लाखको लागतमा वहुउद्देश्य भवन बनाउन लागेको उपाध्यक्ष राईले जानकारी दिए ।

343007353_243610518215056_7484980286500131586_n