धरान /  धरान उपमहानगरपालिका वडा नं. २ को सिंहदेवी मार्गदेखि गीतमन्दिर जाने बाटो छेउमा जहिल्यै सडक भत्किन्छ । यो सडक ६/६ महिनामा टालटुल गरिएको पाइन्छ । गुणस्तरहीन सडक निर्माण भएकोले सडक भत्किरहने समस्या हुने गरेको स्थानीयहरु बताउँछन् ।

यस बर्ष पनि सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले यो सडक टालटुल गरिदैछ ।

purno-bajar-pic-3

बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको हो । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो 

तर यी सडक भन्दा पनि पुरानो बजारको सडक भने कमसल भएकै भत्किरहने गरेको पाइएको छ ।

purno-bajar-pic-2

धरानमा एकतर्फी सडक लागू गरेपनि पुरानो बजारबाट भानुचौकसम्म  जाँदा सवारी चालकलाई अत्यन्तै सास्ती हुने गरेको छ । बाटो निर्माणको कार्य भइरहेकोले अहिले आवातजावतमा समस्या भएको हो ।

बाटो निर्माणको कारण देखाउदै  पहाडी क्षेत्रबाट आएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय सुनसरीले धरान १ लक्ष्मी चौकदेखि धरान १६ स्टुडियमको बाटो पठाए पनि वान वे कारण भानुचौकसम्म पुग्न अझ कठिन भएको चालकहरु बताउँछन् ।

purno-bajar-pic-1

गुणस्तरहीन सडक निर्माण भएकै कारण समय समयमा भत्किरहने र बनाइरहनुपर्ने बताउदै सम्बन्धित निकायले यसमा चासो देखाउनुपर्नेमा चालक तथा सर्वसाधारणको जोड छ ।