विराटनगर /  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा  २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।  अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो ।

       कार्यक्रममा  शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको थियो । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिइन् ।

       नोबेल मेडिकल कलेजका प्रचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रामेश्वरी सिंह, नर्सिङ्ग प्रशासक कल्पना पोखरेल लगायतले  शुभकामना व्यक्त गरेका थिए ।

       नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारी लगायत कार्यक्रममा सहभागि थिए । नर्सिङ्ग दिवसको अवसरमा हरेक बर्ष नोबेलमा बिभिन्न कार्यक्रम गर्ने गरिएको बताए । निजी क्षेत्रबाट सञ्चालित कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलमा करिब ६ सय नर्स कार्यरत रहेको कलेजका प्रचार्य प्रा.डा.रामहरी घिमिरे, बताए   ।