धरान/  समाचार सम्प्रेषण गर्न धरान उपमहानगरपालिका गएका पत्रकारहरु असुरक्षित बन्दै गएका भन्दै नेपाल पत्रकार महासङ सुनसरीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन्  ।

मेयरका समर्थकहरु पत्रकारबिरुद्ध अराजक भएर प्रस्तुत हुँदा सुनसरीको धरानमा स्थिती असहज बन्दै गएको ज्ञापनपत्रमा उल्लेख  गरिएको छ । श्रृंखलाबद्ध रुपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि बढिरहेको बताउदै धरान उपमहानगरपालिकाको गतिविधीबारे समाचार संकलन गर्न जाने सहज वातावरण पत्रकारका लागि नभएको जनाएको छ ।

344535741_251890944018993_729706083209851977_n

बिज्ञापतिमा लेखिएको छ,  उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ , पत्रकारलाई निसाना बनाएर मेयर साम्पाइले दिएको अभिव्यक्ति संवेदनशील भएको ठहर गरेका छौ।

346096974_914606679841138_3422411108007345627_n

 स्थानीय सरकारको प्रमुखको दायित्व जनताको जिउधनको सुरक्षा गर्ने भए पनि नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारहरुले असुरक्षित महसुस गरेको  महासङले जनाएको छ । 

अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र हामी पत्रकारहरुको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष यो मागपत्र पेश गर्दछौ। ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपालको संविधानले प्रत्याभूत गरेको र अन्तराष्ट्रिय मूल्य(मान्यता अनुसार प्रेस स्वतन्त्रता अक्षुण रहने व्यवस्था सुनिश्चित गर्दै निर्वाध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सृजना गर्न पनि नेपाल सरकार समक्ष महासङले माग गरेको छ ।