उदयपुर /   उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५ सय ८१ ग्राम लागुऔषध  गाँजा सहित पक्राउ परेका छन् ।

गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन।