विराटनगर / विराटनगर  ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् । 

युकेजी अध्ययन गरी कक्षा १ मा प्रवेश गरेका २५ जना विद्यार्थीहरुलाई स्कुलले एक कार्यक्रमको आयोजना गरी दिक्षित गरेको हो । 

प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको स्कुलकी प्रिन्सिपल सितला सुब्बाले बताइन् । कार्यक्रमको प्रमुख अतिथि विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको शिक्षा दिनुपर्नेमा जोड दिए । 

2 2

कार्यक्रममा स्कुलकी प्रिन्सिपल सुब्बाले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान पनि हासिल गर्दै विद्यालय अगाडी बढेको बताइन् । उनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा स्कुलले विशेष ध्यान दिएको  बताइन् । कार्यक्रममा अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिन कुमार नवोदित, अभिभावक अनिल श्रेष्ठ, स्कुलका निर्देशक जयन्ती प्रधान लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गीत पनि प्रस्तुत गरी थप रमाइलो गरेका थिए ।