धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा चिकित्सकले गरेका लापारबाहीका घट्ना बाहिरिने गरेका छन् । त्यहाँ कार्यरत चिकित्सक, नर्सहरुले विरामी तथा विरामीका आफन्तप्रति गरेको दुव्र्यवहारका विषयमा पनि समाचार आउने गरेका छन् ।

पछिल्लो समय चिकित्सकले गरेको हेलचेक्र्याइएको समाचार बाहिरिएको छ । धरान २ निवासी मुकुस अग्रवालको उपचारमा चिकित्सक गम्भीर नभएको तर विरामी र विरामीका आफन्तलाई अनावश्यक दु: ख दिएको भन्दै परिवारले पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो व्यथा सुनाएका छन् ।

धरान २ निवासी विरामी अग्रवालकी बहिनी पूजा अग्रवालले प्रतिष्ठानका चिकित्सक डा. लोकेस जैयसवालले विरामी र विरामीको आफन्तप्रति गरेको दुव्यवहारबारे जानकारी गराइकी छिन् । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा गरेको पत्रकार सम्मेलनमा उनले १०–१५ बर्ष अगाडि मुटुको समस्या भएपछि डा. प्रशान्त साहले उनको उपचार गरिरहेका थिए । डा.शाह बीपीबाट गइसकेपछि अग्रवालको उपचार डा. लोकेस जैसवालले गरिरहेका थिए ।

उपचारकै क्रममा उनलाई किड्नीको समेत समस्या भएको बहिनी पूजाले पत्रकार सम्मेलनमा जानकारी दिइन् । उनले भनिन् –‘५ बर्ष अगाडि पनि दाजुको मुटुमा ‘ब्लकेज’ हुदा डा. प्रशासन्त शाहले हेर्नु भएको थियो, त्यसपछि उहाँलाई अन्य रोग थपिदै गयो, मृगौलाको समस्या समेत देखियो, दुई महिना अगाडि अकास्मात आकस्मिक कक्षमा भर्ना गर्दा मृगौला नै प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले सुझाव दिएका थिए ।’

बहिनी पूजाका अनुसार रोग बढ्दै जाँदा प्रत्यारोपण गर्दा खतरा हुन्छ भन्ने भएपछि अहिले नगर्ने र अहिलेलाई डाइलेसिस गर्ने सल्लाह अनुसार त्यही अनुरुप उपचारको प्रक्रिया अगाडि बढाइएको थियो । उनले भनिन्–‘डाइलासिसका लागि आफै जानु भएको थियो, डा. लोकेस जैसवालसँग बुझ्न जाँदा हामीले दुई महिनासम्म डाइलासिस गर्न भ्याउँदैनौ, फिस्टुला जडान गर्नुपर्छ, तत्काल हामी भ्याउँदैनौ दुई महिना पछि आउनु भनेर पठाउनुभयो ।’

उनका अन्सार दुई महिनापछि बुबा पुन: जैसवालाई भेट्न जादा वैसाखको अन्तिम शुक्रबार ओटीमा बोलाएका थिए । उनले भनिन्–‘डा. जैसवालले पूजा मै ओटीमा आउनुस् भनेर लेखेकै छ, त्यसपछि हामी शुक्रबार ओटीमा जाँदा सेरोलोजिकल टेष्ट माग्नुभयो, जुन उहाँले कार्डमै लेख्ननु भएको थिएन, लेखेको भए हामी जसरी पनि गथ्र्यौं, हामीसँग आठ दिनको समय थियो, सेरोलोजिकल टेष्ट गर्नु भनेर लेखेकै थिएन ।’

उनले सेरोलोजिकल टेष्टकै कारण अप्रेशन रोकिने भएपछि डा जैसवालको मोवाइल नम्बरमा सम्पर्क गर्दा ‘मत आज अत्यन्तै व्यस्त छु, मैले गर्ने नै होइन’ पन्छाउने काम गरेपछि प्रशासनमा गएको बताइन् । उनले भनिन्–‘हामी प्रशासनमा जाँदा डा. लोकेसलाई त्यही भेट्यौ, हामी पुग्ने वित्तिकै उहाँ त्यतिकै जंगिनुभयो, चर्काचर्की नै भयो, उहाँले हामीलाई बीपीबाट तलब नपाउँदा पनि काम गरिरहेका छौं भन्ने सम्मको गैरजिम्मेवारी जवाफ दिनुभो ।’

उनले घर नजिक, सबै कुरा जान्ने बुझ्नेलाई यस्तो विहेव हुने गरेको बताउदै दुर्गम ग्रमीण क्षेत्रबाट आउनेहरुको समस्या यसले चित्रण गर्ने बताइन् । यस्ता प्रवृत्तिको अन्त्य हुुनुपर्ने उनले सुनाइन् ।

यस विषयमा डा. लोकेस जैसवालसँग बुझ्न मोवाइल नम्बर ९८१२१४०७९७ मा बारम्बरसम्पर्क गर्दा फोन उठेन ।