धरान । ६ महिनादेखि पत्रकारको आवरण देखाएर धम्क्याउदै आएका एक व्यक्तिलाई धरान १३ बाट प्रक्राउ गरी स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

गुरूङले आफू विशेष प्रहरीको मान्छे भन्ने, कहिले धरान उपमहानगरपालिकाको विशेष मान्छे भन्ने र सर्वसाधारणलाई धम्क्याउदै रकम असुल गर्ने गरेका तीर्थ गुरुङ नाम गरेका ती व्यक्तिलाई स्थानीयहरुले धेरै अगाडिदेखि खोजी कार्य गरिरहेका थिए ।

आज भने उनलाई धरान-१३ बाट प्रक्रउ गरी प्रहरीलाई जिम्मा लगाइएको धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

प्रक्राउ परेका गुरुङको साथबाट नेपाल सरकारको सूचना विभागको कार्ड समेत भेटिएको छ । उनले बोकेको सूचना विभागको कार्डमा स्काई नेपाल न्युज डट कम उल्लेख गरेको पाइएको छ ।

 वडाध्यक्ष काफ्लेले  गुरुङले विगतदेखि नै धम्क्याउदै रकम असुल्दै गरेको पाइएपछि  युवाहरुले ती युवाको खोजी गरिरहेको र आज धरान १३ बाट प्रक्राउ गरी इलाका प्रहरी कार्यालयलाई जिम्मा दिइएको बताए ।

यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले केही समय अगाडि उनको विषयमा केही युवाहरुले प्रहरीमा उजुरी दिएका छन् । उनले गुरुङले आफूलाई कहिले विशेष प्रहरीको मान्छे हु भन्ने, कहिले पत्रकार हुँ भन्ने, कहिले सोसल मिडियाको मान्छे हुँ भन्दै ठगी गरेको विषयमा उजुरी परेको बताए । उनले भने–‘उजुरी परे पनि आज भने उनलाई सर्वसधारणले धरान १३ ओसो पार्कबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्, उनको विषयमा थप अनुसन्धान भइरहेको छ ।’