धरान / प्रेस स्वतन्त्रता बिरोधी अभिब्यक्ती दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइको बिरोध गर्दै सुनसरीका पत्रकारहरुले दोस्रो दिन पनि आन्दोलनलाइ निरन्तरता दिएका छन् । 

शुक्रबार देखि चरणबद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले आइतबार पनि सामाजिक संजालमा नाराबाजी गरेका छन् । उनिहरुले सामाजिक संजालमा 'तिमी शासक कि जनप्रतिनिधि , हामी यसको जवाफ पाउछौ कि "सन्दर्भ धरान उपमहानगरपालिका - भन्ने नारा लगाएका छन् । नेपाल पत्रकार महासङ सुनसरीको आव्हानमा पत्रकारहरुले नारावाजी गरेका हुन ।

344293151_192403840403070_4504096436962539544_n

सामाजिक संजालमा नारा लेख्दै नेपाल पत्रका महासङ सुनसरीका पुर्व अध्यक्ष राजेश बिद्रोहिले पत्रकार महासङ्घको आन्दोलन व्यक्ति विरुद्ध होइन, प्रवृत्ति विरुद्ध रहेको बताउदै आन्दोलन निरन्तर रहेको लेखेका छन् ।

पत्रकारहरुको आन्दोलनलाइ धरानका बुद्धिजीवी, राजनितिक दल, ब्यबसायी, नागरिक समाजले पनि समर्थन जनाएका छन् । पत्रकारले लेखेको नारालाइ शेयर गर्दै यातायात ब्यबसायी सरोज श्रेष्ठ लेख्छन् ञजनप्रतिनिधिले जनप्रतिनिधिको जिम्मेवारी वहन गरौ , शासकको जस्तो होइन।

 श्रृंखलाबद्ध रुपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि बढिरहेको बताउदै धरान उपमहानगरपालिकाको गतिविधीबारे समाचार संकलन गर्न जाने सहज वातावरण पत्रकारका लागि नभएको प्रती महासङले आपत्ति जनाएको  छ ।