धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कमजोरी साच्याउने गर्ने प्रतिबद्धता जनाएपछि आज धरानको कार्यपालिका बैठक बसेको छ ।

मेयर साम्पाङले नेकपा एमाले,नेपाली काङग्रेस र नेकपा माओबादी केन्द्र लगायतका संसदीय दलका नेताहरुसँग आफुबाट कमजोरी भएको र त्यसलाई सच्याउने प्रतिबद्धता जनाएपछि कार्यपालिका बैठक बसेको हो ।

वडाध्यक्षहरुले पनि आफ्ना कमजोरी सुधार्ने सहमती भएको एक कार्यपािलका सदस्यले जानकारी दिए । बैठकमा कार्यपालिका सदस्यहरुले आफ्ना कुरा राख्ने अनी एजेण्डामा छलफल हुने सहमती भएको जानकारी प्राप्त भएको छ ।

नगर प्रमुख हर्क साम्पाङका स्वकिय सचिवले वडाध्यक्षलाई काटेको पत्र अनि मेयर साम्पाङले गरेका गैरकानुनी कार्यहरुको विरुद्धमा पाँच बुदे माग राखेर कार्यपालिका सदस्यहरु आन्दोलनमा थिए ।