बिराटनगर /  मोरङको बिराटनगर महानगरपालिका- ११ पाञ्चाली मोडबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन । 

पक्राउ  पर्नेमा बिराटनगर-१५ का ४३ बर्षिय अनिल यादब रहेका छन । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको  प्रहरी टोलीले बिआर ३३ जेट ९७९६ नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई संका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ४ लाख ६२ हजार ५ सय  बरामद गरेको हो ।

स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।