विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंलाइ विदाई गरिएको छ । 

उमेर हदका कारण अनिवार्य अवकाश पाएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल ले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।

२०६१ सालमा केन्द्रमा प्रवेश गरेका प्रसाईले क्याम्पस र विश्वविद्यालयमा पुराएको योगदानको चर्चा गर्दै क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौलाले प्रसाईंको अनुभव तथा ज्ञानबाट अझै पनि क्याम्पस र विश्वविद्यालय लाभान्वीत हुने विश्वास व्यक्त गरे ।

सह–प्राध्यापक राम ढकाल, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय सभापती यज्ञप्रसाद जमरकट्टेल, इकाई सभापती मनोज मेहता, पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय सभापती रूपेश बस्नेत, वरिष्ठ अधिकृत सावित्रा सापकोटा लगायतले सह–प्राध्यापक प्रसाईले शिक्षा क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै सुखमय सेवा निवृत्त जीवनका साथै दीर्घ जीवनको कामना गरेका थिए ।