धरान/  माग्दै हिड्ने बहानामा घर भित्र पसि चोरी गर्ने महिलाको गिरोहलाइ धरान १० बाट पक्राउ गरेको छ । 

धरान १० स्थित सेवालुङ चोकबाट उनिहरुलाई पक्राउ गरेको हो । केही दिन अघि धरान १० का वडा अध्यक्ष बिबेक राइले वडा नम्बर १० मा चोरी गर्ने महिला गिरोहको फोटो सार्वजनिक गरेका थिए ।

तीन दिन अघि वडा नं १० सैनिक भवन लाइनको लुप सडक निवासी सरस्वती योगीको घर बाट तामा गाग्री चोरी गरेर लादै गरेको अवस्थामा सिसि क्यामेराले खिचेको फोटो उनले सार्वजनिक गरेका थिए ।

344545776_157005657159111_6082264257614044602_n 

आज त्यही फोटोमा देखिएका महिलाहरु वडा नम्बर १० कै सेवालुङ चोकमा देखिए पछि स्थानीयले वडाध्यक्षलाइ खबर गरेका थिए । वडाध्यक्ष राइले गरेको सोधपुछ अनुसार उनिहरु दुहबी क्षेत्रबाट आउने गरेको बुझिएको छ । धरानका विभिन्न क्षेत्रमा चोरी गरेका भाडाकुडाहरु दुहबीमा लगेर बेच्ने गरेको चोरी आरोपमा पक्राउ परेका महिलाहरुले बताएको वडाध्यक्ष राइले बताए ।

चोरी गर्ने महिलाहरुले दिएको बयानलाइ उदृत गर्दै राइले दिएको जानकारी अनुसार धरानका विभिन्न वडाहरुमा चोरी गर्ने महिलाहरुको समुहगत रुपमा परिचालन भएका छन्, दिनको ३र४ बजे सम्म चोरी गर्ने अनि साझ चारकोशे जङ्गलमा रहेको बिश्वकर्मा मन्दिर छेउछाउ भेट गरेर दुहबी क्षेत्रमा लगेर बिक्री बितरण गर्ने गरेका छन् । 

पक्राउ परेका चोरी गर्ने महिला गिरोहलाइ स्थानिय, प्रहरी, हरु सङ छलफल गरेर कानुनी प्रकृया अघि बढाउने वडाध्यक्ष राइले बताए ।उनले धराने जनताहरुलाइ मागी खाने बहानामा आउने यस्ता महिलाहरु सङ सचेत रहन आग्रह गरेका छन् ।