धरान /  सांसदहरु डमि र मन्त्री शोकेसको मान्छे मात्रै रहेको अनुभूति गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । 

किरातीले मन्त्रीको रुपमा रहि रहदा संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति गरेको बताए । मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गरे। उनले भने, ‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ। हामी त डमी मात्रै रहेछौं। अरूले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो हो।

उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरे ।