सुनसरी /  पेट्रोलियम पदार्थको मूल्य घटे सङै सरकारले लामो दुरिको यात्रुबाहक तथा मालबाहक गाडीको भाडा दर पनि घटाएको छ । 

यातायात ब्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

आज देखि नै लागु हुने गरी भाडादर घटेको जानकारी विभागले एक सुचना मार्फत दिएको छ। 

मंगलबारमात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेको थियो। पेट्रोलियम पदार्थको मुल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।