धरान / त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित विविएस तेस्रो वर्षको रिजल्टमा विराटनगर –७ स्थीत मेरिल्याण्डले फेरि पनि उत्कृष्टता हाँसिल गरेको छ ।

मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत {डिस्टीङ्सन} अंक प्राप्त गरी प्रदेश प्रथम भएकी हुन् । त्यस्तै अर्की छात्रा सिम्रन कर्णले ७५.५ प्रतिशत           {डिस्टीङसन} अंक ल्याई प्रदेशमा दोस्रो पोजीशन ल्याएको कलेजले दावी गरेको छ । २ जना डिस्टीङ्सन १९ जना प्रथम श्रेणी, २६ जना द्वितिय श्रेणी सहित उत्कृष्ट परिणाम ल्याउन विद्यार्थीहरु सफल भएका छन् । 

मेरिल्याण्डकी छात्रा राजलक्ष्मी अग्रवालले  पनि २०७७ सालको विविएस दोस्रो वर्षको परीक्षामा  ७५.४० {डिस्टीङ्सन} प्रतिशत अंक ल्याई प्रदेश प्रथम भएकी थिइन ।

त्यसैगरि मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवालले २०७८ सालको विविएस तेस्रो वर्षको परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत अंक ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन् । त्यस्तै  २०७४ सालमा रोहित कार्कीले विविएस चौथो वर्षमा  ८४.३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए ।

त्यस्तै २०६७ सालमा किन्जल पोखेलले त्रिभुवन विश्वविद्यालय टप गरि तत्कालिन प्रधानमन्त्रि डा. बाबुराम भट्टराईबाट गोल्डमेडल प्राप्त गरेका थिए । 

व्यवस्थापन शिक्षामा मेरिल्याण्ड उत्कृष्ट संस्था भएकाले विद्यार्थीहरुको पहिलो रोजाई पनि मेरिल्याण्ड नै पर्दछ । उत्कृष्ट अंक प्राप्त गर्ने कृति र सिम्रन भन्छन् यहाँको शैक्षिक वातावरण र सहयोगि शिक्षकहरु हुनु नै हाम्रो सफलताको कारण हो ।

 व्यवस्थापन शिक्षामा २० वर्षको सफल इतिहास रचेको मेरिल्याण्ड कलेज प्रदेश १ र राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ