भोजपुर / भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिका वडा नं.१ घोडेटारमा दुई दिने गाउँपालिका स्तरीय वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

हतुवागढी गाउँपालिकाको आयोजना, भोजपुर सुनसरी सेवा समाजको सहआयोजनामा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक प्राविधिकहरुको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ५ वर्षदेखि ९३ वर्ष सम्मका ७ सय २ जना महिला पुरुषहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा स्त्रीरोग सम्बन्धी पाठेघर मुखको प्रारम्भिक क्यान्सर जाँच, स्तन क्यान्सर तथा परामर्श, आउँ खसेको महिलाहरु परीक्षण, रिप्रेसरी सेवा, मानसिक रोगको परीक्षण र परामर्श, नाक, कान, घाँटीको परीक्षण गरिएको थियो । 

शिविरमा सबैभन्दा बढी २ सय १२ जनाले आँखा परीक्षण गरिएकोमा १० जनालाई शल्यक्रिया गर्नका लागि रिफर गरिएको थियो । स्त्री रोग तर्फ ७० जनाको स्वास्थ्य परीक्षण गर्दा १० जनाको पाठेघर क्यान्सरको प्रारम्भ देखिएको थियो । 

स्वास्थ्य शिविरमा वि।पि।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा।विकास शाह, डा।अनुपम कोइराला, डा।आशिष भट्टराई, डा।प्रतीक खनाल, डा।प्रयोगदेव भट्ट, डा।बालमुकुन्द सिलवाल, स्टाफ नर्स गंगा राई, हेमा राई, रमा बस्नेत प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारका डा।दिपेश श्रेष्ठ लगायत केन्द्रका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।