धरान/ घरेलु साना उद्योग कार्यालय सुनसरी र धरान उपमहानगरपालिका १५ नं.वडा समितिको सहयोगमा तीन महिने ढाका कपडा बुनाई तालिम सम्पन्न भएको छ ।

गृह श्रमिक महिला ढाका लघुउद्यमी समाज नेपाल तथा सामुदायिक सुरक्षा जालोको आयोजनामा सम्पन्न भएको तालिममा १८ जना गृह श्रमिक महिलाहरुले ढाका कपडा बुनाई तालिम लिएको समाजकी अध्यक्ष एवम् प्रशिक्षक प्रेमकुमारी राईले जानकारी दिइन । 

 नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राईको प्रमुख आतिथ्य तथा साना उद्योग कार्यालयका प्रमुख हरिप्रसाद लामीछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ४ नं. वडाका अध्यक्ष धनबहादुर राई, महिला संजालकि अध्यक्ष सपना राई, सावित्री इवारम, बमधारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र दर्नाल, सुनौलो महिला विकास समाजकी विष्णुमाया श्रेष्ठको आतिथ्यता रहेको थियो

तालिम पश्चात् ४ जनालाई ढाका कपडा बुन्ने तान समेत प्रदान गरिएको थियो ।