सुनसरी / कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण देशैभर आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। उनका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।