धरान / अपांग तथा असहायलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको अपांग तथा पुन: स्थापना केन्द्र धरानले विभिन्न दाताहरुसँग समन्वय गरेर सहयोग जुटाइरहेको छ । सहयोगी भावना भएकाहरुले पुन: स्थापना केन्द्रमामार्फत सहयोग प्रदान गर्ने गर्छन ।
यसै क्रममा समाजसेवी सुनिल अग्रवालले यो संस्थामार्फत धेरैलाई सहयोग प्रदान गर्नु भएको छ । दुई बर्ष अगाडिदेखि निरन्तर सहयोग गर्दै आउनु भएका उहाँले यसलाई निरन्तता दिइरहने बताएका छन् ।
पुनस्र्थापना केन्द्रमार्फत अग्रवालले दुई बर्षको अवधिमा स्वास्थ्य उपचार पाउन नसकेका, विहान बेलुका छान टार्न धौ धौ भएका धेरै अपांग तथा सहायलाई सहयोग पुर्याउदै आएका छन् ।
आँखाको समस्या भएको, विभिन्न किसिमको शल्यत्रिक्रया गर्दै आएको छ । पछिल्लो समय संस्थाले खोटाङ पुख्यौली घर भइ हाल इटहरी बस्दै आएका २० बर्षीय प्रेम बहादुर बुढाथोकीलाई रक्त अल्पता भएपछि संस्थाकै सहयोगमा शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ उपचारका लागि लगिएको संस्थाका निर्देशक सुनि खड्काले बताए ।
पछिल्लो पटक पुन: समाजसेवी अशोक अग्रवालले गरिब तथा सहायका लागि खाद्यनन्न, विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि विद्यालयको युनिफर्म, शैक्षिक सामाग्री अपांग तथा असाहाय केन्द्रमार्फत वितरण गरेकोे संस्थाकी सदस्य डम्बरकुमारी मास्केले बताइन् ।
निरन्तर दुई बर्षदेखि केन्द्रमार्फत सहयोग पुर्याउदै आएका अग्रवालले संस्थाामार्फत सहयोग गरेको दुई बर्ष पुगेको बताउदै सहयोगलाई निरन्तता दिने बताए ।
पछिल्लो समय सहयोगी दाताको लागि अपांग तथा असहाय केन्द्रले पुलको काम गरेको छ । सहयोगी मनहरुले यही संस्थार्फत सहयोग गर्नेहरुको संख्या पनि बढ्दै गएको पाइएको छ