धरान / मेष र वृश्चिक लग्न भएका मानिसका लागि मुगालाई जन्म पत्थरको रूपमा लिइन्छ । सिंह र कर्कट लग्नका लागि पनि मुगा लाभदायक मानिन्छ ।

पश्चिमा ज्योतिषशास्त्रका अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण उपयुक्त मानिन्छ । सामान्यतया मेष र वृश्चिक राशि र मंगलबार जन्म भएकाहरूका लागि पनि मुगा धारण फलदायी मानिन्छ ।