धरान / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप प्रमाणित भए जेल जान तयार रहेको बताएका छन्।।

संसदमा बिहीबार आज सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रसंगमा  छानबिनका लागि प्रधानमन्त्री तयार हो भन्ने प्रश्न गरेका थिए।प्रश्न कोउत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

उनले भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको बताए  

प्रधानमन्त्री दाहालले भने, ‘सबै चिज छानबिन गर्न सकिन्छ। लडाकु शिविरको कुरा कपोलकल्पित र पूर्वाग्रही छ।’