धरान /  इलाम जिल्लाको रोङ गाउँपालिका कुटिटाँडास्थित मेची राजमार्गे छेउमा राखेका अकबरे खोर्सानीको अचार, टिम्बु, दाल, ललिपप र छुर्पी ब्राण्ड बन्दै गएको छ ।

आन्तरिकत तथा वाह्य पर्यटकहरुले यहाँ बेच्न राखिएका अचारसहित अन्य सामाग्री गुणस्तरीय भएकै कारण खरिद गरेर लाने गरेको स्थानीय व्यापारीहरु बताउछन् ।

केही समय अगाडि तेह्रथुमबाट घुम्न इलाम पुगेका सरोज गुरुङले इलामको रोङ गाउँपालिकाको राजमार्ग छेउमा राखेको छुर्पी र ललिपप किनेर ल्याएर परिवारलाई दिँदा अत्यन्तै मन पराएको बताए ।                                                     उनले छुर्पी र ललिपप मात्र हैन यहाँको विभिन्न प्रकारको अचार समेत स्वादिष्ट भएको बताए । उनले भने–‘यहाँ हरेक कुरा ब्राण्ड पाइदोरहेछ, अहिले त म इलाम गए कि यहाँको आचारसहित अन्य सामाग्री खरिद गरेरै ल्याउछु ।’

कतिपयले यहाँको अचार लगायतका छुपी, ललिपप, दाल कोसेलीको रुपमा लाने गरेको बताएका छन् ।                      इलामबाट बाहिर जाँदा होस् यहा इलाम आउँदा होस् कोसेलीको रुपमा धेरै लाने गरेको स्थानीय व्यापारीको भनाई छ । यही व्यवसायीबाट धेरैको रोजीरोटीमात्र हैन आम्दानीको मुख्य स्रोत समेत बनेको छ