धरान / धरान खानेपानी बोर्डको समितीले आधिकारिकता पाउन सकेको छैन। तथापी मेयरले आफै लाई बोर्डको संयोजक भनेर बजेट सार्वजनिक गरिरहेका छन् । उनले आज बिहिवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आ.व.मा २ महिनाको आय  २ करोड १४ लाख ६८ हजार ६ सय ५३ रुपैया ६० पैसा भएको थियो भने व्ययतर्फ ३ करोड ८५ लाख ६९ हजार ९६८ रुपैया ४४ पैसा भएको थियो । चालु आर्थिक वर्षको बैशाख ३१ गतेसम्म जम्मा आय १४ करोड ४६ लाख ८२ हजार ७सय ९० रुपैया ३६ पैसा रहेको र खर्च तर्फ १४ करोड १० हजार २११ रुपैया २० पैसा भएको छ ।

यता धरान खानेपानी बोर्डको आय व्यय धरान उपमहानगरपालिकाका नगर प्रमुख राईले आफु निर्वाचित भएदेखि यता बोर्डको बैंक खातामा ४ करोड ४४ लाख ३४ हजार ३ सय ५६ रुपैया जम्मा रहेको जानकारी दिए । त्यस  यता २०८० बैशाख ३१ गते सम्मको आय व्यय सुनाउँदै १ करोड ९४ लाख ४ हजार ८ सय २ रुपैया बचत रहेको बताए । 

 एशियाली विकास बैंकलाई १ करोड ८७ लाख १ हजार ६१९ रुपैया वैशाख सम्म तिर्नु पर्ने अवस्था रहेको र २ करोडा ५७ लाख ३२ हजार ७ सय ३७ रुपैया रहेको थियो । गत आर्थिक वर्षमा नगर प्रमुख राईले २ महिना मात्रै सञ्चालन गरेको र चालु आर्थिक वर्षको हिसाव पनि पुरा हुन साउन सम्म लाग्ने बताए । तर बजारमा भने ७ करोड रहेको हल्ला भएपछि पत्रकार सम्मेलन गरेरै जानकारी दिनुपरेको बताए । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष निर्वाचित नगर प्रमुख नै रहने भएकोले आफु स्वतः बोर्डको अध्यक्ष भएको नगर प्रमुख राईले बताए । बोर्डका सदस्यहरुलाई अब छिट्टै बोलाएर परिचयात्मक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख तथा बोर्डका अध्यक्ष राईले बताए ।