धरान । कोकाहा खानेपानी आयोजनाका लागि धरान उपमहानगरपालिका वडा नम्बर ३ ले पाइप बितरण गरेको छ । 

वडाध्यक्ष विद्या शाक्यसहित चन्द्रपुर बजार तुर्के पथका स्थानियले सामुहिक रुपमा २१ थान पाइप सहित ४४ हजार ६सय ६० रुपैया प्रदान गरेका हुन् ।

वडा र स्थानीयले संकलन गरेको रकम कोकाहा खानेपानी आयोजनाका लागि सहयोग गरेको वडाध्यक्षले शाक्यले बताए । वडाध्यक्ष शाक्यले कोकाहा खानेपानी परियोजना सम्पूर्ण धरानेको आयोजना भएकोले सहयोग गरेको बताए ।