सुनसरी/ मोबाइल व्यवसायीहरुको साझा संगठन नेपाल मोबाइल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा जीवन शाक्य चुनिएका छन् । 

धरानमा भएको प्रदेश स्तरिय भेलाले शाक्यको अध्यक्षतामा ७ जना पदाधिकारी सहित २७ सदस्यीय कमिटी गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा झापाका केशव श्रेष्ठ र संखुवासभाका गुणराज श्रेष्ठ, महासचिवमा सुनसरीका सविन लम्साल, सचिवमा झापाका शिव खतिवडा, कोषाध्यक्षमा सुनसरीका बिमला खतिवडा र सह कोषाध्यक्षमा झापाका मनोज ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा पुण्य बराल, लोकेन्द्र बुढाथोकी, दिपेश गुप्ता, बजीन्द्र मैनाली, विन्द्रकुमार राई, लोकमान तामांग, दीपेन्द्र सिंगक, राजु भट्टराई, विश्वबन्धु श्रेष्ठ, लेखराज श्रेष्ठ, किरण रत्न भण्डारी, रमेश कटुवाल, ओमप्रकाश रेग्मी, आशिषराज यादव निर्वाचित भएका छन् । बाँकी ७ जना सदस्य कमिटीको बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष जीवन शाक्यले बताए । 

महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । भेलामा प्रमुख अतिथी भट्टराईले ५० हजार भन्दा बढी मोबाईल व्यवसायी धरापमा परेको बताए ।

अध्यक्ष भट्टराईले भने, ‘गर या मरको अवस्थामा पुगेका छौं, अब कित त मार्जिन बढाईदिनुपर्यो हैन भने आयातकर्ताविरुद्ध आन्दोलनको विकल्प छैन, महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छ ।’