धरान /  रानी किमाथांका जोड्ने कोशी राजमार्ग अन्तर्गतको धरानको तिनकुने देखि शिवधारा सम्मको सडक निर्माणमा स्थानीय सरकारले पहलकदमी नगर्दा बजेट फ्रीज हुने अवस्था आएको भन्दै स्थानीय सरकारको आलोचना हुन थालेको छ ।

तिनकुने देखि शिवधारा सम्मको ५ किलोमिटर सडक बिस्तारको लागि सहजीकरण गरिदिन भन्दै रानी बिराटनगर इटहरी धरान सडक योजनाले २०७८ साउन ११ गते नै धरान उपमहानगरपालिकालाई पत्राचार गरेको थियो । पत्रमा लेखिएको छ, यस योजना अन्तर्गत कोशी राजमार्गको रानी देखि धरान सडक विस्तार तथा निर्माण भइरहेको वितितै छ ।

sadak-bigyapti

यसै सन्दर्भमा विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ईटहरी उप महानगरपालिका भित्र पर्ने खण्डमा राजमार्गको केन्द्रबाट दुवैतर्फ २५/२५ मिटर गरी न्युनतम ३० मिटरमा विस्तार तथा निर्माण भएकोमा तहाँ उपमहागरपालिका भित्रको क्षेत्रमा समेत सोही मापदण्डमा सडक निर्माणको लागि केन्द्रबाट दुवैतर्फ १०/१५ मिटर गरी ३० मिटर चौडाईको निर्माण स्थलको उपलब्धताको लागि सहजिकरण गरिदिनुहुन अनुरोध छ ।

पत्र आएको दुई वर्ष पुग्नै लाग्दा पनि सडक बिस्तारको पहलकदमी हुन नसक्दा बजेट फ्रीज हुने अवस्था आएको छ । पत्र आउदाको समय धरान उपमहानगरपालिकाको मेयर तिलक राई थिए । उनकै पाला देखीनै सडक बिस्तारको छलफल शुरु भएको थियो, तर निर्णायक छलफल हुन नसक्दा सडक नबन्ने अवस्था आएको हो ।

मेयर हर्कराज राइ आएपछी कार्यपालिका बैठकमा पनि बिषय प्रबेश भएको थियो । सरोकारवालाहरु सङ पनि छलफल भएको थियो तर बाइपास गर्ने कि धरानको बिच बजारबाटै सडक लैजाने बिबाद समाधान हुन  नसक्दा बजेट फ्रीज भएको गुनासो बढ्दै गएको छ । 

बजेट कार्यन्वयन गर्न नसक्नु नेतृत्वको जिम्मेवारी रहनु पर्ने भन्दै धरानका मेयर हर्कराज राई पनि आलोचित बनेका छन् । उनले सामाजिक संजालमा दिएको अभिब्यक्तीकै कारण आलोचित बनेका हुन् ।

सडक नबन्ने भएपछी नेकपा माओबादी केन्द्र धरान नगर इन्चार्ज चोत्लुङ्ले सामाजिक संजालमा दुर्भाग्य -  धरान उपमहानगरपालिकाले चारलेन सडक बनाउने निर्णय नगर्दा तिनकुने-शिवधारा सडक विस्तार योजना र बजेट फिर्ता हुँदै लेखेका थिए ।

त्यसको प्रती उत्तर दिदै मेयर राइले आफ्नो सामाजिक पेज हर्क साम्पाङ अ रेभ्युलेसन मार्फत  `बजेट नै थिएन कोशी राजमार्गको लागि ! हावादारी कुरा नगर्नु ! यसपालि त्यही तीनकुने सम्मको लागि मात्रै थियो

 भनेर लेखेका थिए । सडक बिस्तारको क्रममा प्रकृया के भएको थियो भन्ने नै नबुझी मेयर राइले प्रतिकृया दिएपछी उनी आलोचित बनेका हुन् । माओबादीका इन्चार्ज चोत्लुङ्ले सडक आयोजनाले पठाएको पत्र पनि सार्बजनिक गरिदिएपछी मेयर राई झन बढी आलोचित बनेका हुन । उनले प्रक्रिया अघि बढाउन नसक्दा बजेट फ्रीज भएको गुनासो सामाजिक संजालमै आएको छ ।

sada