धरान /  १६ वर्ष अघि २५ वर्षीय ललिता राइलाइ बलात्कार पछि हत्या गरेर फरार भएका दुइजनालाइ इलाका प्रहरी कार्यलय धरानले पक्राउ गरि सार्वजनिक गरेको छ । 

प्रहरीले फरार रहेका दुइजनालाइ पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका द्धयले २०६४ मंसिर २३ गते साँझ पौने ६ बजे साविक धरान १२ महेन्द्रपथको बलभद्रेश्वर धर्मशालामा २५ वर्षीय ललिता राईलाई बलात्कार गरि हत्या गरेका थिए ।

 इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लाका अनुसार धनकुटाको सहिदभुमी गाउँपालका १ का ५६ बर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राइलाई पक्राउ गरेको हो ।

घटना भएको समयमा घटनामा संलग्नहरुको पहिचान हुन नसक्दा लामो समय लगेको प्रहरीको भनाइ छ ।

डिएसपी मल्लले भने, ञ किटानी जाहेरी पनि नपरेकोले अनुसन्धान  ढिलाई भैरहेको थियो,  मृतकका आफन्तहरुसँगको निरन्तर सहयोगबाट आशंका गरिएका व्यक्तिहरुलाई १६ बर्षपछि पक्राउ गर्न सफल भएको छौ ।झ 

पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि डिएसपी मल्लले जानकारी दिएका छन् ।