काठमाडौं /  नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिबेदन प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाउने भएको छ।

प्रहरीले आइतबार साझ बुझाउने भनेपनी नभ्याउने बताएपछी आज प्रतिबेदन बुझाउने तयारी गरेको जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दान बहादुर कार्किले आज सकेसम्म चाँडै  प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। नेकपा ९एमाले० का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

यस प्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।