धरान /  नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो ।

प्रतियोगिता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ । शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो ।

समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेका छन् ।

सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान, रिकेश विश्वकर्मा रहेकाछन् ।

यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उपनामले परिचित धरानमा यस खेलको प्रतियोगिता आयोजना गरिन लागेको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिएका छन् ।

राईका अनुसार जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ भने प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०,४४,४८,५२,५७, र ६३ साथै ६३ माथि तौल समूहमा हुनेछ भने पुरुषतर्फ पनि ४०,४४,४८,५२,५७,६३, ७३ साथै ७३  तौल माथि समूहमा हुनेछ । यो प्रतियोगिता पूर्वको लागि पहिलो र नौलो प्रतियोगिताको रुपमा हुनेछ