सुनसरी/  सरकारले मिटर ब्याजी विरुद्ध उजुरी दिन आग्रह गरे सङै सुनसरीमा २ सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार जेठ ८ गते सम्ममा २ सय ४९  जनाले उजुरि दिएका हुन । सरकारले मिटरब्याजी विरुद्ध वैशाख १७ गते देखि उजुरी आह्वान गरेको थियो ।

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन ।  

प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूको बीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको उनले बताइन् ।