खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ को भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आइतबार कुर्लेबाट झापा तर्फ जाँदै गरेको को। २ त ४६७६ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय ५३ बर्षीय मकर ध्वज राई ट्याक्टरबाट लडी पछाडिको चक्काले किच्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका(६ ओखलढुंगाका ३० बर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।