विराटनगर/ खोटाङमा कार्यरत प्रहरी सहायक हवल्दार भुवन खड्का र बिराटनगर आर आइ टि मा कार्यरत प्रहरी सहायक हवल्दार निरोज बस्नेत वैशाख महिनाको उतकृष्ट प्रहरी घोषित भएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर आर आइ टि मा कार्यरत प्रहरी सहायक हवल्दार बस्नेत र इलाका प्रहरी कार्यालय हलेसी, खोटाङमा कार्यरत प्रहरी सहायक हवल्दार खड्का बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी सहायक हवल्दार बस्नेतले बिराटनगरबाट बिभिन्न किसिमका सुन चाँदीका गरगहनाहरु चोरी निकासी गरी भारत तर्फ लगीरहेको अबस्थामा पक्राउ गर्न सफल भएको र खड्काले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट  कार्य गरेकोले  उनीहरुले गरेको उत्कृष्ट तथा प्रशंसनीय कार्यको उच्च मुल्याङकन गर्दै २०८० साल बैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । 

 प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गर्दै हरेक महिना प्रदेश प्रहरी कार्यालय बिराटनगरले  महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरी पुरस्कृत गर्दै आईरहेको छ