धरान/  पार्टी प्रतिको असन्तुष्टीकै कारण नेपाली काँग्रेस पार्टी परित्यागको घोषाणा गर्ने क्रम बढ्दै गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धरान नगर कमिटी बिस्तार गर्न शुरु गरे सङै नेपाली काङ्रेस भित्र पार्टी परित्याग गर्ने क्रम बढ्दै गएको हो ।

केही दिन अघि काँग्रेसका पूर्व धरान नगर सचिव राजेशमान श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको धरान नगर संयोजक बने । त्यस पछि काङ्ग्रेसकै महाधिवेशन प्रतिनिधि समेत रहेका पानबारीका पदम पौडेलको समुहले वडा नम्बर ६ को स्वतन्त्र पार्टीको भेला आयोजनानै गर्यो । सोमवार काँग्रेस सुनसरी–१ प्रदेश ९ख० प्रदेश समितिका सचिव विजय घिमिरेले पदत्याग गरेको घोषणा गरे ।

यसअघि काँग्रेसका क्षेत्रीय समिति सदस्य, महाधिवेशन प्रतिनिधि रहिसकेका सागर प्रसाईँ, वडा ९ का अगुवा युवा नेता निर्मल आचार्यले काँग्रेस परित्याग गरेको बताई सकेका छन् । त्यस्तै धरान १ का अतुल श्रेष्ठले पनि सोमबार सामाजिक संजालमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।  

पछिल्लो समय पार्टीका नेताहरूले काँग्रेस सच्चिनु पर्ने कुरा पटक पटक राख्दै आए पनि तल देखी माथि सम्मैका नेताहरू भाषणमा भनेको जस्तो व्यवहारमा सच्चिने नदेखिएपछि पार्टी परित्याग गर्नु पर्ने अवस्था आएको उनी हरु बताउँछन् ।