मोरङ/  मानव अधिकार तथा शान्ति समाज मोरङले  नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग राखेको छ ।

सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो ।  सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ ।

समाजका मोरङका अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रजिअ  यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएका हुन्  ।

शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको भन्दै समाजले  प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउनु अघि शान्ति समाजले  जिल्ला प्रशासन कार्यालय अगाडि कुशासन र दण्डहिनताविरुद्ध धर्नासमेत दिएको थियो । धर्नामा माध्यमिक विद्यालय तथा शिक्षालय संघ ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, रोटरियन सुदीप रिजाल, व्याब्सनका अशोक लामा, अधिवक्ता धना थापा, युवा नेता रुपेश खतिवडा, साहित्यकार रामबाबु दाहाललगायत सहभागी थिए ।

मानव अधिकार तथा शान्ति समाज मोरङले कुशासनको अन्त्यको लागि गत बैशाख ३१ गतेदेखि दैनिक विभिन्न प्रकारका दबाबमूलक  कार्यक्रममा गर्दै आएकोे अध्यक्ष प्राडा ढकालले बताए ।