धरान /  मेयर हर्क साम्पाङको अगुवाइमा भैरहेको खानेपानी  अभियान अन्तर्गत धरान–१३ स्थित निशाने खानेपानी टयाङ्की बनाउने क्रममा बेहोश भइ ढलेका जित बहादुर राइलाई आर्थिक अभावको कारण समयमै उपचार गर्न नपाउदा स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 

निशाने खानेपानी ट्याङ्की बनाउने काममा ज्यालादारी मजदुरी गर्ने ५० वर्षिय जित बहादुर राई गत शुक्रबार बेहोश भइ ढलेका थिए । उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियूमा उपचार गराइ रहेका छन् । विरामीका भतिजी नुनु राईका अनुसार विरामीको अवस्था झन झन जटिल वन्दै गएको छ । डाक्टरले अवस्था जटिल वन्दै गएको बताएको उनले बताइन ।

दबाइ किन्ने पनि पैसा नभएको उनले बताइन ।अहिले सम्म उपचारको लागि २ लाख भन्दा वढी नै खर्च भैसकेको छ ।

धरान १३ निवासी राई ३ महिना देखि मेयर साम्पाङ्को खानेपानीको अभियानमा सक्रिय रहेका थिए । ब्रिटिस वेलफेयरले खानेपानीको ट्याङ्की निर्माण गर्नको लागि सहयोग गरेको गरेको थियो ।

परिवारलाई विहान वेलुका छाक टार्न समेत मुस्किल भएको छ । उनी बिरामी भए पछि हाल सम्म मेयर तथा धरान उपमहानगरपालिकाबाट कोही कसैले सहयोग नगरेको र भेट्न समेत नआएको परिवारको गुनासो छ । 

उनको १ श्रीमती सहित २ जना छोरा छन्  । उनलाई उपचारको लागि सहयोग गर्नको लागि अपिल गरेका छन् ।