चुलाचुली /   इलामको चुलाचुली थियटरको प्रस्तुती रहेको बुद्ध र भिखारी माझ नाटक काठमाडौंको थापागाँउ स्थित मण्डला नाटकघरमा जेष्ठ १६ देखि ३२ गते सम्म मञ्चन हुने भएको छ । 

नाटकलाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन गरेका हुन भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन ।

नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरि  स्याडो प्ले मार्फत मञ्चन गरिने निर्देशक सुब्बा बताउछन ।

करिब १ घण्टाको अनुमानित समय राखिएको यस नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजे देखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । 

नाटकमा कलाकारहरु बेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डब, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सन्जिब योगि, मनिश मगर, मोहन राई रहनेछन भने बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईको संगित सुनिने छ । 

 नाटकको लागि यो चौथो मञ्चन रहने छ । यस अघि ७८ चैतमा  चुलाचुली ३ स्थित मिलन क्लबको सभाहलमा, त्यस्तै ७९ बैशाखमा राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र ७९ मंसिरमा अन्तराष्ट्रिय नाट्य महोत्सव - २०७९ मा थापागाँउ स्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो ।

आफ्नो झुपडीमा मुसाहरुले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरी गरेको संघर्ष र रमाइलो पलहरुलाई नाटकमा देख्न सकिन्छ ।

चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष समेत रहेका नाटकका अनुवादक आङ्थुपो बताउँछन्     गाउँमा पहिलो पटक स्याडो प्ले गाउँका दर्शकहरुलाई देखाउँदा कसरी बुझ्लान भन्ने थियो, जब पहिलो पटक बुद्ध नाटक महोत्सवमा नाटकले सहभागिता पाएपछि नाटक र प्रस्तुतिले सोचेको भन्दा धेरै राम्रो प्रतिक्रिया सुन्न पाउँदा खुसी थियौं ।झझ

नाटकमा सहकार्य तथा सहयोगीको रुपमा आर्टमाण्डु, मिडिया चुलाचुली, एम्टी स्टोमाच, बिम्ब कृएसन , जुम मिडिया रहेका छन ।