सुनसरी/  कर्जाको ब्याजदर घटे सङै शेयर बजारमा सकारात्मक प्रभाव पर्न थालेको छ । 

बैंकहरूले जेठ महिनामा कर्जाको ब्याजदर घटाउन थालेसँगै लगानीकर्ताको मनोवल पनि बढेको छ। शेयर बजार पनि  लगातार बढिरहेको छ । गत साताको मंगलबारदेखि बजार निरन्तर छैठौं दिन पनि बढेको हो । सेयर बजार परिसूचक नेप्से मंगलबार ५१।३१ अंकले छ ।

नेप्सेमा गत चैत २९ गते पछिकै उच्च वृद्धि भएको हो।

आज नेप्से उच्च अंकले बढेर १९ सय बिन्दु माथि उक्लिएसँगै कारोबार रकम पनि बढेर २ अर्ब माथि पुगेको छ ।

आज २७१ कम्पनीका ६० लाख ६७ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २० करोड २३ हजार ९ सय ४५।८७ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार उच्च अंकले बढेको दिन चार कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।

साताको पहिलो दिन आइतबार बजार ५।८८ अंकले बढ्दा १ अर्ब ६९ करोड ४ लाख ९२ हजार ७ सय ३१।५३ रुपियाँ र हिजो सोमबार ८।१० अंकले बजार बढ्दा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६।३८ रुपियाँ बराबरको कारोबार भएको थियो ।   

चैतदेखि कर्जाको ब्याजदर घट्दो क्रममा छ। माघ, फागुनमा १३ प्रतिशत हाराहारीमा रहेको कर्जाको ब्याजदर जेठमा १२।४० प्रतिशत हाराहारी आएको छ।