धरान/  किरात राई साँस्कृतिक कलाकार संघको छैटौं राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ ।   आयोजकले बुधबार यलम्बर स्मृति संग्रहालय भवन धरान १० मा पत्रकार सम्मेलन गर्दै जेठ १३, १४ र १५ गते सम्मेलन बारे जानकारी दिए

kiratt

किरात राई साँस्कृतिक कलाकार संघले पहिचानको मुद्दालाई साँस्कृतिक आन्दोलनसँग जोडर राष्ट्रिय अधिवेशन गर्ने भएको छ । । 

किरात राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष शालिक सतासक राईले कला र सँस्कृति तथा संगीतमार्फत प्रदेश सरकारलाई कोशी नामाकरणको खारेजीको माग गर्ने बताए ।

उनले भने–‘हामीले यो अधिवेशन पहिचानको लडाइका रुपमा लिएका र्छौं, सम्मेलन प्रचारप्रसारको क्रममा जेष्ठ ११ गतेदेखि १४ गतेसम्म इटहरी उपमहानगरपालिका १० वटा चौकहरुमा पहिचानसम्बन्धी सचेतनामूलक साँगेतिक कार्यक्रम गर्ने छौं ।’

अधिवेशनमा देश तथा विदेशबाट समेत सहभागिता हुने आयोजकले जनाएको छ ।