धरान / मेघा हिमालयन स्कुल & कलेजले हरेक महिनाको अन्तिम शुक्रबार सास्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा विधालय आउनु पर्ने अनिवार्य गरेको छ ।

सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाइ प्रकिती पुजक किराँतीहरुको सस्कृति अनुरुप साकेला सिलि नाच प्रदर्शन गरेको छ । विधालयका बिद्यार्थीहरुलाइ औपाचारिक शिक्षासँगै व्यवहारिक ज्ञान दिनका लागि विधालयले महिनाको अन्तिम शुक्रवार सास्कृतिक कार्यक्रमको सुरुवात गरेका हुन ।

हरेक महिनाको अन्तिम शुक्रवार विभिन्न जाती तथा समुदायको सास्कृतिक प्रद्शन गर्ने एवं विद्यार्थीले जातिय तथा सास्कृती झल्कने पोशाक अनिवार्य लगाउन पर्ने गरिएको धरान मेघा हिमालयनका अध्यक्ष कैलाश लिम्बूले जानकारी गराए ।

          विद्यालयमा जेष्ठको यो शुक्रबार शूरु भएको विभिन्न जातिय पोशाकहरुमा राई, लिम्बु, नेवार, मुस्लिम, तामाङ, मगर लगायतका पहिरनहरुमा विधालयका विद्याथीहरुको उपस्थिति रहेको थियो ।

 धरान १२ न. वडामा रहेको धरान मेघा हिमालयन बोर्डिङ स्कुलको प्राङगणमा किराँत राई यायोख्खा खेलकुद संघ, सुनसरीको समन्वयमा साकेला शिली प्रदर्शनी तथा विद्यार्थीहरुलाई सिकाउने कार्यक्रम सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा किराँत राई यायोख्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राई रहेको थियो । राई जातिले मनाउने साकेला शिलीको बारेमा किराँत राई यायोख्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राईले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

 किराँत राई यायोख्खा र धरान मेघा हिमालयन बिचको सम्बन्ध राम्रो भएको र विपन्न जेहन्दार राई विद्यार्थीहरुका लागि विद्यालयले छात्रावृद्धि सहयोग दिदै आएकोमा अध्यक्ष राईले कलेज परिवारलाइ धन्यवाद दिए ।

साकेला शिली प्रदर्शन र विद्यार्थीहरुलाई सिकाउने उद्धेश्यले किरात राई यायोख्खाका जिल्ला सदस्य तथा कि.रा.या खेलकुद संघका संयोजक विकास चाम्लिङ राईले समन्वयकारी भुमिका खेलेका थिए ।

धरान मेघाले आयोजना गरेको राई जातिहरुको साकेला शिली प्रदर्शनी कार्यक्रम ज्यादै उदाहरण्ीाय रहेको र किरातिहरु प्रकृति पुजक र कृषिमा निर्भर भएकोले अन्नबाली लगाउनु अघि पितृ र प्रकृतिलाई सम्झिदै पुजा अर्चना गर्ने गरेको बताए किरात राई खेलकुद संघ, सुनसरी अध्यक्ष राइले बताए