सुनसरी/  कडा सुरक्षाको बिचमा आज देखि कोशी प्रदेशको बजेट अधिवेशन सुरू हुँदैछ। कोशि नामाकरणको बिरोधमा आन्दोलन चर्किए पछि प्रदेशको राजधानी बिराटनगरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा वैठक आह्वान गरेसँगै विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

गत फागुन १७ गते  प्रदेशको नाम कोशी राखेपछि स्थागित भएको प्रदेशसभा वैठक आज देखि सुरू हुने भएको हो।  

विराटनगरको विभिन्न स्थानमा स्थानिय प्रशासनले  निशेधाज्ञा लगाएको छ।  विराटनगरस्थित मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख निवास, प्रदेशसभा सचिवालय र जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रलगायतलाई स्थानिय प्रशासनले निशेधित क्षेत्र घोषणा गरेको छ।