सुनसरी /  कोशी प्रदेशको राजधानी बिराटनगरमा प्रदेश सभाको कार्यलय परिषरमा निषेधाज्ञा जारी गरे पनि पहिचानबादी आन्दोलनकारीहरुले बिहानै देखि प्रदर्शन गर्न थाले पछि प्रहरीले धरपकड सुरु गरेको छ । 

कोशी प्रदेश सभाको बजेट अधिवेशन आज २ बजे शुरु हुदैछ भने पहिचानबादीहरुको आन्दोलन पनि बिराटनगर केन्द्रित भएको छ ।

आन्दोलनकारीहरूले बिहानैदेखि त्यसको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्।

आन्दोलनमा उत्रिएका किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई , उपाध्यक्ष देवन राईलगायत कोसी प्रदेश खारेजी आन्दोलनको क्रममा विराटनगरमा गिरफ्तार परेका छन् भने लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।