इलाम/ इलामको सूर्योदय नगरपालिका वार्ड नम्बर १४  मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । 

 १४ नम्बर बड़ाकार्यालय नजिकैको घर रहेको मोहन राईलाई आज बिहान करेन्ट लागेको थियो । घर नजिकै काब्रको बोटमा  घाँस झार्ने क्रममा उनलाइ करेन्ट लागेको थियो ।

विद्युतको नग्न तारमा घाँसको डालाबाट ११हजार भोल्टको करेट सर्दा रुखबाट खसेका राई गम्भीर घाईते भएका थिए।

घाइतेलाई थप उपचारको क्रममा   तत्काल फिक्कल हस्पताल पुर्याईएको थियो  उपचारको क्रमममा मृत्यु भएको   इलाका प्रहरी पशुपति नगरका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिएका छन् ।