संखुवासभा /संखुवासभाको मकालु गाउपालिकाका एक  जनाको लेक लागेर मृत्यु भएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर सोही गाउँपालिकाकामा पर्ने सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको हो । 

मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाका  अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए ।

मकालु–२ सेदुवाका विष्टले यहाँ आएका पर्यटकहरुका लागि भरिया काम गर्दै आएका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिनअघि घरबाट हिँडेका थिए ।

घट्ना स्थल सदरमुकाम खाँदबारी सदरमुकाम आइपुग्न पाँच दिनको पैदल यात्रा तय गर्नुपर्ने हुन्छ ।