धरान/  कवि प्रदीप प्रसाद आचार्यद्वारा रचित मनको बहाब कविता संग्रहको लोकार्पण गरिएको छ ।

एक सय एक वटा कविताहरु रहेको उक्त कृतिको लोकार्पण प्रा. डा. टंक न्यौपानेले एक समारोहका बीच गरेका छन् ।

पत्रकार एवम् साहित्यकार गिरिराज आचार्य, हरिप्रसाद दाहाल र  डा. महानन्द तिम्सिनाले टिप्पणी गरेको उक्त कृतिको कार्यक्रममा प्रदेशसभाकी सांसद माननीय यशोदा कायस्थ विशेष अतिथि रहेकी थिईन् । 

कार्यक्रममा डा. आनन्द आचार्य, डा. रमेश घिमिरे, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, आन्तरिक राजश्व कार्यालयका प्रमुख गोविन्द आचार्य लगायतका व्यक्तित्वले शुभकामना मन्तव्य राखेका थिए ।

कौडिन्य आचार्य गोत्रीय समाजकी अध्यक्ष अम्बिका आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम विष्णु बरालले सञ्चालन गरेका थिए ।